लक्ष्मी स्टिलले १० महिनामा साढे ६ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। कम्पनीले सञ्चालन आम्दानीसँगै नाफा पनि बढाएको हो।
आर्थिक वर्ष २०७८/०७९ को वैशाखसम्म लक्ष्मी स्टिलले ६ अर्ब ४३ करोड आम्दानी गर्दा ७ प्रतिशत कर र ब्याजअघिको नाफा गरेको छ।
कोभिड महामारीको कारण आर्थिक वर्ष २०७६/०७७ मा आधाले घटेको व्यापार २०७७/०७८ मा फेरि बढेको छ। २०७७/०७८ मा ६ अर्ब ९ करोड रुपैयाँ छ। २०७५/०७६ मा ६ अर्ब ७६ करोड रुपैयाँको छड बिक्री गरेको थियो।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक २०७८ को कारण लक्ष्मी स्टिलको व्यवसाय बढेको छ। सरकारले बिलेट बनाउन आवश्यक स्पन्ज आइरनमा ५ प्रतिशत लाग्दै आएकोमा शून्यमा झारेको छ। बिलेट आयातमा १.६५ रुपैयाँ अन्तःशुल्क प्रतिकिलो बढाउँदा बिलेट उद्योगलाई नाफा भएको हो।
लक्ष्मी स्टिल सन् २००८ मा स्थापना भएको थियो। न्यौपाने परिवारको ५२ प्रतिशत र अग्रवाल परिवारहरुको ४५ प्रतिशत छ। ३ प्रतिशत सेयर २ संस्थाको रहेको छ। कम्पनीले टीएमटी बार, रिब्ड वायर, बाइन्डिङ वायर लक्ष्मी स्टिल ब्रान्डमा बजामा आएको छ। ९६ प्रतिशत टीएमटी बारको बजार हिस्सा छ।
लक्ष्मी स्टिलको वार्षिक उत्पादन क्षमता २ लाख मेट्रिक टन छ। सौरभ ग्रुपले जगदम्बा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, सर्वोत्तम स्टिल उत्पादन गर्दै आएका छन्।
Shares
प्रतिक्रिया