यो साता सेयरबजारमा कारोबार रकम ह्वात्तै घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सात दिनमा १२ अर्ब २ करोडको मात्र सेयर किनबेच भएको हो।
अघिल्लो साता २३ अर्ब रुपैयाँको सेयर कारोबार भएकामा यो साता झण्डै ११ अर्बले गिरावट आएको हो। यो साता शुक्रबार जनैपूर्णिमाको सार्वजनिक विदा परेको कारण पनि कारोबार घटेको हो।
सातामा पहिलो दिन आइतबार २ अर्ब ६७ करोडको, सोमबार २ अर्ब ८५ करोड, मंगलबार २ अर्ब ८१ करोड, बुधबार १ अर्ब ८३ करोड र बिहीबार १ अर्ब ७६ करोडको कारोबार भएको हो। अघिल्लो साता भने एकै दिन ४ अर्ब माथिसम्मको कारोबार भएको थियो।
यो साता कुनै पनि दिन कारोबार रकम ३ अर्बसम्म पनि नपुगेको हो।
कुन दिन कस्तो कारोबार?
बिहीबार : १ अर्ब ७६ करोड
सेयरबजारमा बिहीबार नेप्से बढे पनि १ अर्ब ७६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो। कुल २२३ कम्पनीको कारोबारमा ६२ लाख ९८ हजार कित्ता सेयर बिक्री भएका थिए। उक्त दिन ३६ हजार २ सय ६४ पटक मात्रै सेयर कारोबार भएका थिए।
त्यो दिन सामूहिक लगानी कोषबाहेक सबै उपसूचकहरु राताम्य रहे। बिहीबार १५० कम्पनीका लगानीकर्ताले गुमाउँदा ३२ कम्पनीकाले मात्रै कमाएका थिए। हिमालयन हाइड्रोपावर र अपरहेवाखोला हाइड्रोका लगानीकर्ताले कमाए पनि युनिलिभर नेपाल, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, समृद्धि फाइनान्स, सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका थिए।
उक्त दिन शिवम् सिमेन्टको ७ करोड २७ लाखको सर्वाधिक सेयर किनबेच भएको थियो।
बुधबार : १ अर्ब ९३ करोड
बुधबार पनि नेप्से ५ अंकले घटेको थियो। २१८ वटा कम्पनीको सेयर कारोबार भएको बजारमा उक्त दिन ४६ लाख कित्ता सेयर मात्र बिक्री भए। बुधबार ३६ हजार १३४ पटकको खरिदबिक्रीमा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको थियो।
कुल १३ मध्ये लगानी समूहको मात्रै सूचक हरियो रहेको दिन १२ उपसूचक राताम्य रहनपुगेका थिए। उक्त दिन ११९ कम्पनीको सेयर मूल्य घटेको, ५६ वटाको बढेको र सातवटाको उही मूल्य कायम भएको थियो। हिमालयन हाइड्रोपावरका लगानीकर्ताले कमाए पनि बुधबार अन्य लगानीकर्ताले ५ प्रतिशत पनि कमाउन सकेनन्। बुधबार बजारमा नागरिक लगानी कोषको सर्वाधिक १० करोडको सेयर खरिदबिक्री भएको थियो। योसँगै सेयरबजारमा बजार पुँजीकरण २९ खर्ब ३६ अर्ब र तरलता ११ खर्ब ९९ अर्ब हुनपुगेको थियो।
मंगलबार : २ अर्ब ८१ करोड
मंगलबार पनि सेयरबजार दोहोरो अंकले घट्न पुग्यो। उक्त दिन ३ अर्बको किनबेचमा १७१ कम्पनीका सेयरधनीले गुमाएका थिए। साताको तेस्रो कारोबार दिन २२२ कम्पनीको ६६ लाख ४६ हजार कित्ता सेयर बिक्री भएको थियो।
दिनभरिमा ४६ हजार २८९ पटक भएको खरिदबिक्रीमा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँको कारोबार भएको थियो। मंगलबार ९ नौवटा कम्पनीको मात्रै सेयर मूल्य बढेको थियो भने १७१ वटा कम्पनीको सेयर मूल्य घटेको थियो। सो दिन पनि हिमालयन हाइड्रोपावरका लगानीकर्ताले कमाएका थिए भने गणपति लघुवित्तका सेयरधनी सबैभन्दा धेरै गुमाएका थिए। सो दिन नागरिक लगानी कोषको १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। निरन्तर धेरै कारोबार हुँदै आएको शिवम् सिमेन्टको १३ करोडको कारोबार भएको थियो।
सोमबार : २ अर्ब ८५ करोड
सोमबार पनि सेयरबजार १७ अंकले घटेर बन्द भएको थियो। सूचक घटेको दिन १२३ कम्पनीका लगानीकर्ताले गुमाएका थिए। दोस्रो कारोबार दिन ५० वटाको मात्रै सेयर बढेको र ९ वटाको उही मूल्य कायम भएको थियो। उक्त दिन २१४ कम्पनीको ४४ हजार ५ सय ५३ पटकको खरिदबिक्रीमा २ अर्ब ८५ करोड ७० लाख ७२ हजारको कारोबार भएको थियो।
६५ लाख कित्ता सेयर बिक्री भएको त्यो दिन गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले १०/१० प्रतिशत कमाएका थिए। अन्य लगानीकर्ताले कमाउन सकेनन्। गुमाउनेले ४.३१ प्रतिशतसम्म गुमाएका थिए। सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको थियो। त्यस दिन बजार पुँजीकरण ३० खर्ब ८ अर्ब र तरलता १२ खर्ब २७ अर्ब रुपैयाँको रहेको थियो।
आइतबार : २ अर्ब ६७ करोड
यो साता पहिलो कारोबार दिन भने सूचक १०.२७ अंकले बढेर सेयरबजार हरियो रहेको थियो। उक्त दिन ३० खर्ब ३० अर्बको पुँजीकरण हुँदा बजारमा तरलता १२ खर्ब ३८ अर्बको रहेको थियो। सूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको थियो। अघिल्लो साता ४ अर्ब हाराहारीले दैनिक कारोबार भएकामा आइतबार २ अर्ब ६७ करोडको मात्रै कारोबार भएको थियो।
आइतबार २१९ कम्पनीको ६१ लाख कित्ता सेयर बिक्री भएको थियो। दिनभरिमा ४४ हजार २४० पटक खरिदबिक्री भएको थियो। कुल १३ मध्ये जीवन बीमाबाहेक बाँकी उपसूचकहरु हरियो रहेका थिए। सो दिन ११८ कम्पनीको सेयर मूल्य बढेको, ५९ वटाको घटेको र ३ वटाको उही कायम भएको थियो।
पहिलो कारोबार दिन मनकामना स्मार्ट लघुवित्त, तेह्रथुम पावर कम्पनी, उपकार लघुवित्त, गुह्येश्वरी मर्चेन्ट र एनआईसी एसिया सेलेक्ट फन्डका सेयरधनीले कमाएका थिए। गुमाउने लगानीकर्ताले ३.४८ प्रतिशतसम्म गुमाएका थिए भने शिवम् सिमेन्टको १३ करोडको सेयर कारोबार भएको थियो।
Shares
प्रतिक्रिया