राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ। राष्ट्रबैंकले जारी गरेको तथ्यांक अनुसार महंगी बढेको छ भने रेमिट्यान्स ह्वात्तै बढेको छ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ। आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेकोछ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा रहेको छ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रहेकोछ।
विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.० प्रतिशतले घटेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.०५ प्रतिशतले घटेको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११.८ प्रतिशत रहेको छ।
Shares
प्रतिक्रिया