इन्टरनेटमा खोजीसम्बन्धी काम गर्ने कम्पनी गुगललाई ठूलो झट्का लाग्ने देखिएको छ।
न्युयोर्क टाइम्सका अनुसार पछिल्लो समय स्मार्टफोन निर्माता सामसङले आफ्ना फोनबाट डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई हटाउने तयारी गरिरहेको छ।
योसँगै गुगलको मातृकम्पनी अल्फाबेटको ५७ अर्ब डलर डुबेको थियो । गुगलको सेयर समेत एकैपटक चार प्रतिशतसम्मले घटेको थियो ।
सामसङले आफ्ना स्मार्टफोनबाट डिफल्ट सर्च इन्जिनमा गुगललाई हटाएर माइक्रोसफ्टको बिंग एआईलाई दिन सक्ने रिपोर्ट सार्वजनिक भएको हो। उसले आफ्ना प्रयोगकर्तालाई महत्वपूर्ण अनुभव दिन चाहेको छ। माइक्रोसफ्ट बिंगसँग एआई फिचरहरु गुगलभन्दा राम्रा छन् । यस्तोमा यदि गुगल र सामसङबीच कुरा मिलेन भने सर्च इन्जिनलाई अप्ठ्यारो पर्न सक्छ।
मोबाइल फोनमा डिफल्ट सर्चमा आउनु गुगलको लागि कति महत्वपूर्ण छ, यसबाट अन्दाज गर्न सकिन्छ । यसको लागि कम्पनी आफूविरोधी कम्पनी एप्पललाई हरेक वर्ष २० अर्ब डलर भुक्तानी गरिरहेको छ ।
गुगल र एप्पल परस्पर प्रतिद्वन्द्वी कम्पनीहरु हुन् । प्रतिस्पर्धी हुँदाहुँदै पनि हरेक वर्ष गुगलले एप्पललाई २० अर्ब डलर दिँदै आएको छ ।
यसको पछाडिको कारण पनि महत्वपूर्ण छ । गुगल र एप्पलको बीच त्यस्तो सहमति छ, जसको कारण हरेक वर्ष गुगलले मोबाइल निर्माता एप्पललाई २० अर्ब डलर भुक्तानी गर्छ । लाग्न सक्छ, यति धेरै रकम एप्पललाई किन दिइरहेको छ ? यदि ग्राहकले गुगलका फोन या डिभाइस प्रयोग गर्छन् भने कुनै पनि सर्च गर्न वेब ब्राउजरमा जानुपर्छ ।
त्यसमा ब्राउजर गुगलकै हुन्छ । एप्पल फोन र डिभाइसमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगलले यसकै लागि उक्त पैसा तिर्ने गरेको छ । यसले गुगललाई के फाइदा भयो त भनेर पनि सोचिन सक्छ । डिफल्ट सर्चमा गुगल रहँदा उसलाई राम्रो आम्दानी हात पर्छ ।
गुगलको कमाइको ठूलो हिस्सा नै सर्च इन्जिनबाट आउने गर्छ । डिफल्ट सर्च इन्जिन रहँदा गुगलले विज्ञापनहरुबाट ठूलो आम्दानी गर्ने गरेको छ । नवभारत टाइम्सबाट
Shares
प्रतिक्रिया