जनकपुरधाम उपमहानगरको नयाँ नेतृत्वका लागि प्रमुखमा २६ जना र उपप्रमुखमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार साँझसम्म सो संख्यामा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जनकपुरधामको प्रमुखमा सत्ता गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)बाट निवर्तमान प्रमुख लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मनोज चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, जनमत पार्टीबाट अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका वागी उम्मेदवार मनोज साह, बलराम महतो, जानकीराम साह, बैधनाथ साहसहित छन्।
जसपाको भागमा प्रमुख परेपछि मनोज साह कांग्रेसका नगर अध्यक्षसहित पार्टीबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्।
यस्तै उपप्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपप्रमुख रिता कुमारी मिश्र, जनमत पार्टीबाट संतोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट सरोज मिश्र लगायत छन्।
जनकपुरधाम उपमहानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य लगायत १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।
Shares
प्रतिक्रिया