ad ad

निर्वाचन विशेष


कञ्चनपुरमा एमाले र माओवादी-समाजवादीका कार्यकर्ताबीच झडप

कञ्चनपुरमा एमाले र माओवादी-समाजवादीका कार्यकर्ताबीच झडप

गोकुल जोशी
बैशाख २१, २०७९ बुधबार १५:११, महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा नेकपा (एमाले) का कार्यकर्ता र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ।

चुनाव प्रचारप्रसारमा हिँडेका आफ्ना कार्यकर्तालाई माओवादी–समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमालेले आरोप लगाएको छ। 

आसन्न स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग भएको जम्काभेट तनावमा परिणत भएको थियो । 

‘हाम्रो टीम अटोमा माइकिङ गर्दै जाँदै थियो, त्यसै क्रममा उनीहरु (माओवादी–समाजवादी) को र्‍यालीसँग भेटियो,’ एमालेका नेता हिमाल चन्दले भने, ‘एक्कासी उनीहरुले माइक बन्द गर भन्दै कुटपिट गर्न थाले।’

कुटपिटबाट प्रचारप्रसारमा खटिएका एमालेका अञ्जु कार्की र राजेन्द्र अवस्थी घाइते भएका छन्। उनीहरुको टाउको र छातीमा चोट लागेको छ।

‘माइक तोडफोड गरिएको छ,’ चन्दले भने, ‘अहिले घाइतेहरुलाई धनगढी लैजादै छौँ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले सामान्य हातपाइ भएको बताए।

 ‘प्रचारप्रसारका क्रममा सामान्य हातपाइ भएको खबर आएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .