गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग विवाह गरेका छन्।
लिभिङ टुगेदरमा बस्दै आएका उनीहरुले केही समयअघि नै विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो।
गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेको उल्लेख छ।
उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख गरेका छन्।
यो जोडीका एक सन्तान छन्।
गत दशैंमा छोरा जम्मिएको सङबुङले टिकटकबाट जानकारी दिएकी थिइन्।
510
Shares
प्रतिक्रिया