ad ad

कला


...अनि खाना पकाउन सिक्न हेमा मालिनीले लन्डनबाट आमालाई बोलाइन्

...अनि खाना पकाउन सिक्न हेमा मालिनीले लन्डनबाट आमालाई बोलाइन्

नेपालखबर
असार १९, २०८० मंगलबार १३:२३, काठमाडौँ

धेरैकी 'सपनाकी रानी' हेमा मालिनी खाना बनाउन जान्दैन थिइन्। २ मे १९८० मा उनले अभिनेता धर्मेन्द्रसँग विवाह गरिन्।

पञ्जावी परिवारबाट आएका धर्मेन्द्र खानाका शौखिन हुन्। तर विवाहपछि पनि हेमाले खाना बनाउन परेन। केटाकेटीहरू जन्मिएपछि पनि उनले खान पकाउन परेन। अनि छोरीहरू स्कुल जान थालिन्।

एकदिन  छोरीहरू ईशा र आहाना आमाले खाना नपकाएको भनेर रिसाए। कारण थियो, उनीहरूका साथीहहरू आमाले बनाएको खाजाको टिफिन बोकेर आउँथे। उनीहरूले इशालाई सोध्ने रहेछन्, ‘तिम्री आमाले के बनाउनुभयो?’ तर यसको जवाफ ईशासँग थिएन।

द कपिल शर्मा शोको एक एपिसोडमा हेमाले धर्मेन्द्रसँग बिहे गरेपछि आफूले खाना पकाउन नजानेको बताएकी छिन्। उनले भनेकी छिन्, ‘मैले कहिल्यै खाना पकाउनु परेन। धर्मजीलाई खुसी पार्न मैले खाना पकाउनु पर्दैनथ्यो। हामी दुवैजना धेरैजसो काममा व्यस्त हन्थ्यौँ।’

हेमाले थपिन्, ‘छोरी जन्मिएपछि कुरा फेरियो। केटाकेटीहरू जन्मिएपछि मैले खाना पकाउनु कत्तिको महत्वपूर्ण छ भन्ने महसुस गरेँ। जब ईशा स्कुल जान थालिन, उनका साथीहरूले आमाले बनाएको खाना भनेर देखाउन थाले। उनीहरुले इशालाई सोध्ने रहेछन्, ‘तिम्री आमाले के बनाउनुभयो?’

त्यसपछि हेमाकी छोरी रिसाउँदै स्कुलबाट फर्किन थालिन्। उनले हेमालाई भन्थिन् ‘तपाई किन केही पकाउनु हुन्न?’ यसले हेमालाई नराम्रो लाग्यो, उनले आफ्नी आमालाई फोन गरेर सोधिन्, ‘तपाईंले मलाई खाना पकाउन सिकाउनुभएन, त्यसैले मलाई समस्या भइरहेको छ।’

त्यसपछि हेमाले बिदाको समयमा खाना पकाउन थालिन्। खाना पकाउन सिक्नकै लागि आमालाई लन्डनबाट भारत बोलाइन्। छोरीहरूका लागि विभिन्न परिकार बनाएर ख्वाउन थालिन्।

कुराकानीको क्रममा हेमाले आफूले पञ्जावी खाना पकाउन अझैँ सिक्न नसकेको बताइन। 

हेमा मालिनीको धर्मेन्द्रसँग विवाह तनावका बीच भएको थियो। धर्मेन्द्रले हेमासँग विवाह आफ्नो जेठी श्रीमती प्रकाश कौरकी छोरीको विवाह भइसकेपछि गरेका थिए। हेमासँग धर्मेन्द्रले विवाह गर्दा ताका उनका जेठा छोरा सनी देवल बलिउडमा डेब्यू गर्ने तयारीमा थिए।

हेमा मालिनी र धर्मेन्द्र दुवैका परिवार यो विवाहको विरुद्धमा थिए। सनी देवल त पिताको यो कदमलाई लिएर निकै दु:खी बने। तर धर्मेन्द्रले अन्ततः विवाह गरेरै छाडे। 

देवल परिवारमा प्रकाश कौर र हेमा मालिनी बीचको सम्बन्ध त चिसिने नै भयो। साथै जेठीका छोराहरू सनी, बबी र हेमा मालिनीका छोरीहरू इशा, अहानाबीचको सम्बन्ध पनि कहिल्यै राम्रो बनेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .