पूर्वबैंकर रविना देशराज जोशी र बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानबीच औपचारिक रूपमा विवाह भएको दुई हप्ता भइसकेको छ।
यही असार ७ गते भएको विवाहमा अभिनेतासमेत रहेका रविनाका छोरा आयुषमान देशराज श्रेष्ठ जोशी, अभिनेत्रीसमेत रहेकी बुहारी प्रियंका कार्की र अर्का छोरा आशिरमान देशराज श्रेष्ठ पनि हर्षाेल्लासपूर्वक सहभागी भएका थिए। बेहुला बनेका च्यापम्यानकी छोरी पनि आफ्ना बुवाको बिहेमा सहभागी भएकी थिइन्।
यसरी आफ्नै आमा–बुवाको बिहेमा छोराछोरी तथा बुहारी सहभागी हुनु नेपाली समाजका लागि निकै दुर्लभ दृश्य हो।
यसैबीच नायिका प्रियंका कार्कीले खुसी हुँदै आफ्ना सासू–ससुराले मायाप्रेम साटासाट गरिरहेको भिडिओ सार्वजनिक गरेकी छन्।
हेर्नुहोस् भिडिओ–
324
Shares
प्रतिक्रिया