ad ad

कला


करिश्माको जीवनीसँग मिल्दो ‘बगान’

आगामी शुक्रबारबाट सिनेमा हलमा
करिश्माको जीवनीसँग मिल्दो ‘बगान’

नेपालखबर
असार २४, २०८० आइतबार १९:५१, पोखरा

आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन्। चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको सुनाए।

‘बगान एकल महिलाको कथा हो। हाम्रो समाज पितृसतात्मक समाज हो। अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन। बगानमा यस्तै सामाजिक विषयलाई उठाएका छौं’, उनले भने।

उनले बगानको कथा नयाँ भएको दाबी गरेका छन्। करिश्मा मानन्धरको जीवनी बगानको कथासँग मिल्ने भएकाले मुख्य भूमिकामा राखिएको उनले बताए।

‘करिश्मा जीले हालसम्म दुई सयभन्दा बढी सिनेमामा अभिनय गर्नुभयो होला । ती सबै सिनेमामा उहाँ नायिकाको भूमिकामा मात्रै सीमित रहनुभयो । तर, बगानमा करिश्माजी नै मुख्य भूमिकामा हुनुहुन्छ। यो नै दर्शककाका लागि रोचक र नयाँ लाग्न सक्छ ’, उनले भने।

आफूले अभिनय गरेका ३१ मध्ये १९ वटा सिनेमाले एक सय दिन मनाएको हुँदा निर्मातालाई कसरी जोगाउने विषयमा राम्रो ज्ञान भएको दाबी उनको छ।

अभिनेत्री करिश्मा मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन्। उनले बगान समाजको ऐना भएको बताइन् ।

‘बगान समाजको ऐना हो। सिनेमाले एकल महिलाले भोग्नुपरेका पीडालाई उजागर गरेको छ,’उनले भनिन्।

बगानबाट नै डेब्यू गरेकी अभिनेत्री प्रमिला कार्कीले श्रीमानले लगानी गरेको भएर सिनेमामा नआएको दाबी गरिन्। बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ।

सुरेश वाग्ले बगानका निर्माता हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .