भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ।
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ। जय श्रेष्ठले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता राम श्रेष्ठ हुन्। फिल्ममा आलोक शुक्लाको छायांकन छ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ। फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ।
बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ। राजनीतिका कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ।
गतवर्ष फिल्म ‘२ नम्बरी’ सुपरहिट दिएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ वर्षकै प्रतिक्षित फिल्म हो।
Shares
प्रतिक्रिया