ad ad

कला


विवादित हुन मलाई कुनै आपत्ति छैन : करिश्मा मानन्धर

विवादित हुन मलाई कुनै आपत्ति छैन : करिश्मा मानन्धर

नेपालखबर
साउन २१, २०८० आइतबार २२:५, काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धर समय समयमा विवादमा परिरहन्छिन्। जति विवादमा परेपनि करिश्मा सामाजिक सञ्जाल होस् वा सार्वजनिक कार्यक्रम सबैतिर उस्तै सक्रिय देखिन्छिन्।

उनै अभिनेत्री आइतबार चलचित्र विकाश बोर्डमा ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा उपस्थित भइन्। 

फाउन्डेसनद्धारा सम्मानित अग्रज कलाकार मिथिला शर्मा र शर्मिला मल्ल माथि टिप्पणी गर्न मञ्चमा पुगेकी करिश्माले विवादसँग आफूलाई कुनै डर नभएको बताइन्।

उनले पछिल्लो समय सहकारीको ठगीमा परेको भन्दै  माइतीघरमा अनसन बसेको कुरा उठाउँदै आफू यो कुराले विवादमा परेपनि आपत्ति नभएको बताएकी हुन्।

उनले ठगीमा परेका कलाकारको समस्या समाधान गर्न सरकारले चासो दिनु पर्ने बताउँदै भनिन्, ‘यो कुरा उठाउँदा म विवादमा पर्न सक्छु। विवादित हुन मलाई कुनै आपत्ति छैन।’

आइतबार ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ ६ जना कलाकार तथा स्रष्टा सम्मान गरेको छ। 

कलाकार मिथिला शर्मा, शर्मिला मल्ल, नीर शाह, संगीतकर्मी गणेश रसिक तथा अभिनेता शिव श्रेष्ठलाई सम्मान गरिएको हो। सोही सम्मान कार्यक्रममा उपस्थित भएकी करिश्माले आफू सधैं विवादमा पर्ने कुराको सम्झना गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .