लुन करणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको छ।
संस्थाका महासचिव रमण घिमिरेका अनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विज्ञानका विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गर्ने निर्णय गरिएको छ।
त्यसैगरी ‘सरस्वती सम्मान’ प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे तथा व्यङ्ग्य लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय संस्थाले गरेको छ।
साहित्यकला मन्दिरले नारायण गोपाल संगीत सम्मान संगीतकार एवम् लोकगायिका झुमा लिम्बुलाई प्रदान गर्ने निर्णय गरेको छ।
साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको संस्थाका महासचिव रमण घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
21
Shares
प्रतिक्रिया