ad ad

कला


पोखरामा ‘परदेशी–२’ को टोली

पोखरामा ‘परदेशी–२’ को टोली

नेपालखबर
असोज ११, २०८० बिहिबार १७:५५, काठमाडौँ

गायक प्रकाश सपूत नायक रहेको ‘परदेशी–२’ प्रदर्शनको तयारीमा छ। असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केही दिनअघि गीत सार्वजनिक गरिएको थियो।

फिल्म प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका कलाकार र निर्माता फिल्मको प्रचारमा जुटेका छन्। नेपालगञ्ज, बुटवल हुँदै प्रचार टिम पोखरा आइपुगेको छ।

केकी अधिकारी पनि यो सिनेमामा अभिनय गरेकी छन्। नारायण रायमाझी निर्देशित यो फिल्मको अधिकांश दृष्य पोखरा आसपासमा केन्द्रीत रहेको छ।

फिल्मले विदेशिएका युवाको कथाबस्तुलाई बोकेको रायमाझी बताउँछन्।

‘अहिले १२ कक्षा पास गर्नासाथ विदेश जाने धेरै छन्। यो फिल्मको कथा तिनै विदेश जाने युवामा केन्द्रीत छ,’ फिल्म प्रचारको क्रममा बिहीबार पोखराको प्रतिभा माविमा आयोजित कार्यक्रममा रायमाझीले भने, ‘पोखराको कलेजबाटै यो फिल्मको कथाको छायांकन सुरु भएको छ।’ 

प्रचारको क्रममा विद्यालयमा परदेशी–२ को कथामा आधारित रहेर नाटक पनि प्रदर्शन गरिएको थियो।

फिल्मको प्रचार गर्दै हिँडेकी नायिक केकी अधिकारीले झन्डै २ महिने छायांकन अवधिमा पोखरा सहरको गल्लीगल्लीमा छिरेकोले पोखरासँग फिल्मको विशेष साइनो रहेको सुनाइन्।

नायक प्रकाश सपूतले पोखरामा प्रचारप्रसारको सुरुवात प्रतिभा माविबाट भएको बताए।

प्रतिभा माविका प्राचार्य किरण सापकोटाले विदेशिएका छोराछोरीको कथा अहिलेको परिस्थितिसँग मेल खाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .