बलिउड अभिनेता रणवीर कपुरलाई प्रवर्तन निर्देशनालय (ईडी) ले सोधपुछका लागि बोलाएको छ ।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार, ईडीले छत्तीसगढको महादेव बेटिङ एप्लिकेसनको मनी लान्ड्रिङ मुद्दामा रणवीर कपुरलाई बोलाएको हो।
अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआईले लेखेको छ– रणवीर कपुरले एपका प्रमोटरहरूबाट पैसा लिएका थिए। उक्त रकम एप प्रवर्द्धकको बिहेमा प्रस्तुति दिएबापत लिएका थिए।
ईडीले रणवीर कपूरलाई अक्टोबर ६ मा रायपुरको कार्यालयमा उपस्थित हुन भनेको छ।
प्रवर्तन निर्देशनालयले महादेव अनलाइन बुक बेटिङ एपको अनुसन्धान गरिरहेको छ।
186
Shares
प्रतिक्रिया