बलिउड अभिनेताद्वय आमिर खान र सनी देओल फिल्म ‘लाहोर, १९४७’ मा सँगै देखापर्ने भएका छन्।
आमिर खानले एक्स (पुरानो नाम ट्विटर) मार्फत उक्त घोषणा गरेका हुन्। ‘आमिर खान प्रोडक्सन’ अन्तर्गत बन्न लागेको यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् भने सनी देओल मुख्य भूमिकामा हुनेछन्।
खानका अनुसार उनी र उनको टिम देवल र सन्तोषीसँग काम गर्न उत्साहित छन्। दुवै स्टारले सन्तोषीसँग यसअघि विभिन्न फिल्ममा काम गरिसकेका छन्। तर यो प्रोजेक्टका लागि उनीहरू पहिलोपटक एकसाथ आउन लागेका हुन्।
सन्तोषीको फिल्म ‘घायल’, ‘घातक’, ‘दामिनी’मा सनी देओल देखिएका थिए भने आमिर खान ‘अंदाज अपना अपना’मा देखिएका थिए।
— Aamir Khan Productions (@AKPPL_Official) October 3, 2023
126
Shares
प्रतिक्रिया