आगामी फूलपातीको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ।
विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको आठ वर्षको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। ट्रेलरमा सौगात मल्ल मधेसी चरित्रमा देखिएका छन्।
कमेडीको अपेक्षा गरेका दर्शकका लागि भने ट्रेलर अपेक्षित लाग्दैन।
ट्रेलरले कमेडी भन्दा पनि भावनात्मक दृश्यलाई ज्यादा ठाउँ दिएको छ। दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन्।
फिल्ममा विपिन र सौगातबाहेक प्रकाश घिमिरे, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ आदि कलाकारको अभिनय रहेको छ।
फिल्मका यसअघि दुई गीत र टिजर सार्वजनिक भइसकेका छन्।
54
Shares
प्रतिक्रिया