ad ad

कला


वेब सिरिज ‘कैँची’ निर्माणको घोषणा, सत्य कथामा आधारित हुने

वेब सिरिज ‘कैँची’ निर्माणको घोषणा, सत्य कथामा आधारित हुने

नेपालखबर
कात्तिक ६, २०८० सोमबार १२:३६, काठमाडौँ

वेब सिरिज ‘कैँची’ निर्माणको घोषणा गरिएको छ। दसैँको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रूपमा निर्माणको घोषणा गरिएको हो।

मधेसको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दिपक आरजेलाई स्थान दिइएको छ। सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ।

विशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो रिलिज बन्ने छ। कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैँले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई निर्देशक नरेशनाथ योगी (किङ योगी)ले सघाएका छन्। यो सिरिजको निर्देशन पनि नरेश आफैँले गर्दैछन्।

बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्मस्‌को ब्यानरमा निर्माण हुने सिरिजमा समिर खरेल र दिपक आरजे निर्माताको रूपमा रहेका छन्। मित्र डि गुरुङको सम्पादन, राजेन्द्र मोक्तानको कलर, मनिष भट्टको मुख्य सहायक निर्देशन, शैलेस श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, कबिन खड्काको मेकअप, निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .