ad ad

कला


डीपफेक भिडिओ भाइरल भएपछि के भन्छिन् रश्मिका?

डीपफेक भिडिओ भाइरल भएपछि के भन्छिन् रश्मिका?

नेपालखबर
कात्तिक २०, २०८० सोमबार २१:४१, काठमाडौँ

डीपफेक भिडिओ भाइरल भएपछि दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले पहिलोपटक प्रतिक्रिया दिएकी छिन्। इन्स्टाग्राममा एक स्टोरी राख्दै उनले निकै दुःख लागेको उल्लेख गरेकी छिन्। 

‘अनलाइनमा भाइरल भइरहेको मेरो डीपफेक भिडिओले निकै दुःखी बनाएको छ। यो मेरो लागि मात्र होइन, हामी प्रत्येकको लागि खतरनाक छ। प्रविधिको दुरुपयोगका कारण आज धेरैलाई असुरक्षित र हानी भोग्नुपरेको छ,’ उनले लेखेकी छिन्। 

रश्मिकाले आफूलाई समर्थन गर्नेप्रति आभार प्रकट गरेकी छिन्।

‘आज म एक महिला र कलाकारक रुपमा छु। र, मेरो सुरक्षा कवच र समर्थन गर्ने परिवार, साथीहरु र शुभचिन्तकहरुप्रति आभारी छु,’ उनले अघि थप्दै लेख्छिन्, ‘तर यदि म स्कुल वा कलेजमा हुँदा यो भएको भए। वास्तवमै यसको सामना कसरी गर्थे भनेर म सोच्न पनि सक्दिनँ।’

फेक भिडिओबाट धेरै मानिसहरूलाई प्रभावित हुनुअघि यसलाई कानुनले छिटो सम्बोधन गर्न आवश्यक रहेको उनको माग छ।  

रश्मिकाको अनुहारजस्तै देखिने डीपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ भाइरल भएपछि भारतीय अभिनेता अमिताभ बच्चन रश्मिकाको पक्षमा बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .