ad ad

कला


क्रिकेट सकिँदा पनि सुध्रिएन ‘टाइगर ३’ को व्यापार

क्रिकेट सकिँदा पनि सुध्रिएन ‘टाइगर ३’ को व्यापार

नेपालखबर
मंसिर ६, २०८० बुधबार १४:९, काठमाडौँ

सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ ले सुरुआतमा राम्रै व्यापार गरेको थियो। लक्ष्मीपूजाको दिन रिलिज भएको यस फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा साढे ४४ करोड भारतीय रुपैयाँ ओपनिङ गरेको थियो।

त्यसैगरी, दोस्रो दिन ५८ करोड कमाउँदा तेस्रो दिन ४४ करोड भारु कलेक्सन गर्‍यो। तर, चौथो दिनसम्म पुग्दा फिल्मको कमाइ ह्वातै घट्यो। त्यस दिन फिल्मले २२ करोड भारुको व्यापार गरेको थियो। पाँचौँ दिन १८ करोड कलेक्सन गर्दा छैटौँ दिन फिल्मको व्यापार १३ करोड २५ लाखमा खुम्चियो।

भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका कारण ‘टाइगर ३’ को व्यापार घटेको एकथरीको धारणा छ। हुन पनि फिल्मले सातौँ दिन साढे १८ करोड भारुको व्यापार गर्दा आठौँ दिन साढे १० करोडमा खुम्चियो, जुन दिन विश्वकप क्रिकेटको फाइनल खेल चलिरहेको थियो।

क्रिकेटको फाइनलपछि फिल्मको व्यापार बढ्ने आशा गरिएको थियो। तर, फिल्मले सोचेअनुसारको कलेक्सन भने गर्न सकेन। नवौँ दिनमा यस फिल्मले ७ करोड ३५ लाख भारु कमाउँदा दशौँ दिनसम्म आइपुग्दा ६ करोड ३५ लाखमा झरेको छ।

दश दिनको अवधिमा फिल्मले विश्वभरबाट ३८४ करोड ४५ लाख भारतीय रुपैयाँ कलेक्सन गर्दा घरेलु बक्स अफिसमा भने २४३ करोड ६० लाखको व्यापार गरेको छ।

मनीष शर्मा निर्देशित यस फिल्ममा आदित्य चोपडाको लगानी छ। स्पाई थ्रिलर यस फिल्मको कथा आदित्यले नै लेखेका हुन्।

‘टाइगर ३’ मा सलमानसहित कट्रिना कैफ, इमरान हासमी, ऋतिक रोशन, शाहरुख खानलगायतले अभिनय गरेका छन्। यो फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा समेत रिलिज भएको छ।

यो फिल्म ‘एक था टाइगर’ को सिरिज हो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा पनि सलमान नै मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .