ad ad

कला


रणवीरको फिल्म ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रामक

रणवीरको फिल्म ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रामक

नेपालखबर
मंसिर १०, २०८० आइतबार १६:५, काठमाडौँ

बलिउड फिल्महरु ‘एनिमल’ र ‘सामबहादुर’ मंसिर १५ गतेबाट रिलिज हुँदैछन्। रिलिज मिति नजिकिएसँगै भारतमा दुवै फिल्मको अग्रिम बुकिङ समेत खुला भइसकेको छ।

अग्रिम बुकिङमा रणवीर कपुरको मुख्य भूमिका रहेको ‘एनिमल’ को निकै अगाडि छ। यसवर्षकै बहुप्रतिक्षित मानिएको यस फिल्मको हालसम्म १ लाख ११ हजार टिकट सोल्डआउट भइसकेका छन्। हिन्दीतर्फ ९० हजार ५२६, तेलुगुतर्फ २० हजार ५९१ र तमिल भाषामा भने २०० टिकट बिक्री भएको हो। जसबापत फिल्मले प्रदर्शनअघि नै ३ करोड ४० लाख भारतीय रुपैयाँ कमाई गरिसकेको छ।  

तर, विक्की कौशल स्टारर फिल्म ‘साम बहादुर’ अग्रिम बुकिङ औसत छ। साम बहादुरको हालसम्म ४४ लाख ७१ हजार भारु बराबरको १२ हजार ८७६ अग्रिम टिकट बिक्री भएको छ। बायोपिक फिल्म भएकाले फिल्मको व्यापार माउथ पब्लिसिटीले निर्धारण गर्नेछ।  

यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ। फिल्मको कथावस्तु सन् १९७१ को भारत(पाकिस्तान युद्धसँग सम्बन्धित छ। जतिखेर साम भारतीय सेना प्रमुख थिए। मेघना गुलजार निर्देशित यस फिल्मलाई लिएर फ्यामली अडियन्सहरु उत्साहित छन्।

दुई दिनअघि एनिमलको ट्रेलर सार्वजनिक गरिएको थियो। जसले दर्शकहरुमा फिल्मप्रतिको झन क्रेज बढाएको छ। शुक्रबार हैदराबादमा परीक्षणका लागि शुक्रबार ‘एनिमल’ को अग्रिम बुकिङ सुरु गरिएको थियो। जसमा हिन्दी भाषातर्फ १७ शो बुक भएको थियो। भारतीय मिडियाका अनुसार हैदरावाद सहरमा ४६ प्रतिशत शो बुक भइसकेका छन्।

एनिमलको आक्रामक बुकिङसँगै एनिमल कपुरको करियरको सबैभन्दा ठूलो ओपनर साबित हुने अपेक्षा गरिएको छ। साढे तीन घण्टा लामो यस फिल्मले ‘ए’ सर्टिफिकेट पाएको छ।

यो फिल्म क्राइम ड्रामा जनरामा आधारित छ। फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, बबी देओल, अनिल कपुर, तृप्ति डिमरी लगायतको अभिनय छ। सन्दीप रेड्डी वांगाको लेखन र निर्देशन रहेको फिल्म हिन्दीसहित पाँच भाषामा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .