ad ad

कला


चर्चामा बबीको इन्ट्री गीत ‘जमाल कुडु’, गीतले भन्न खोजेको के हो?

चर्चामा बबीको इन्ट्री गीत ‘जमाल कुडु’, गीतले भन्न खोजेको के हो?

नेपालखबर
मंसिर २७, २०८० बुधबार १४:५५, काठमाडौँ

रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ ले राम्रो व्यापार गरिरहेको छ। फिल्मको सफलताबीच बबी देओलको इन्ट्री गीत ‘जमाल कुडु’ पनि चर्चामा छ।

एनिमलमा ‘जमाल कुडु’ बजेसँगै बबीको इन्ट्री हुन्छ। गीतमा उनी मज्जाले नाच्छन्। बबीले टाउकोमा गिलास राखेर नाचेको स्टेपमा धमाधम रिल्स बनिरहेका छन्। यो गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

गीतको अर्थ नबुझेपनि सामाजिक सञ्जाल प्रयोगकर्ताले यस गीतमा भिडिओ बनाइरहेका छन्। तर, धेरैलाई ‘जमाल कुडु’ को मतलब थाहा नहुन सक्छ।

जमाल कुडुको मलतब हुन्छ : ‘ओ! कालो आँखा भएकी सुन्दरी, तिम्रो निर्दयताले मेरो मन नतोड। तिमीले मलाई छोडेर नयाँ यात्रामा गयौ। र, म मजनुजस्तै पागल भएँ। मेरो मुटुसँग नखेल प्रिय’।

जमाल कुडु लोकप्रिय इरानी गीत ‘जमाल जमालू’ बाट प्रेरित छ। यो इरानी गीतलाई हर्षवर्धन रामेश्वरले पुनः रचना र कम्पोज गरेका हुन्। यो इरानी गीत सन् १९५० मा खाराजेमी गर्ल्स हाई स्कुलको शिराजी ब्यान्डले गाएको थियो, जुन पछि इरानको विवाहमा बजाइने लोकप्रिय गीत बन्यो।

साथै ‘जमाल–जमालु’ नामबाट एक कविता पनि लेखिएको थियो, जुन प्रसिद्ध लेखक बिजनले लेखेका थिए।

सातदिनअघि युट्युवमा सार्वजनिक गरिएको ‘जमाल कुडु’ लाई ३ करोड ४४ लाख बढी भ्यूज मिलेको छ। यस गीतको डान्स स्टेप पनि बबीकै आइडियामा तयार पारिएको हो।

एनिमलमा छोटो भूमिकामा देखिएपनि अहिले बबीको निकै तारिफ भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .