ad ad

कला


निर्माता संघ सदस्यमा हरि मल्ल मनोनीत

निर्माता संघ सदस्यमा हरि मल्ल मनोनीत

नेपालखबर
मंसिर २७, २०८० बुधबार १६:२९, काठमाडौँ

निर्माता हरि मल्ल ठकुरी नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा सर्वसम्मत मनोनीत भएका छन्।

निर्माता ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको विधानको विधा २० (क) बमोजिम मनोनीत गरिएको जानकारी संघले दिएको छ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा गत वर्ष ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरी अब नयाँ फिल्म बनाउने तयारीमा छन्। हरिजस्तो युवा,जुझारी अनि नेपाली फिल्मको श्रीबृद्धिमा कटिबद्ध निर्माताको आवश्यकता महसुस गरि कार्यसमितिमा स्वागत गरिएको अध्यक्ष नवल खड्काले बताए।

हरिले आफू हरदम निर्माताको पक्षमा रहेको बताउँदै आगामी दिनमा अझ सशक्त रुपमा नेपाली फिल्मको स्तरोन्नतरी र अन्तराष्ट्रिय बजारिकरणमा लागीरहने प्रतिबद्धता जाहेर गरे। उनी केही दिनमै नयाँ फिल्म निर्माण घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .