नेपालमा सर्वाधिक ट्रोल हुने अभिनेत्रीमा पर्छिन् पूजा शर्मा। विभिन्न कार्यक्रमदेखि अन्तर्वार्तामा दिएका अभिव्यक्तिकै कारण उनले हैरानी खेप्नुपर्छ।
केही दिनअघि पूजाको मूख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक गरिएको थियो। पोस्टरमा पूजाले मेशिनगन बोकेकी थिइन्। जुन पोस्टर पनि ट्रोल बन्न पुग्यो।
पूजाले बोकेको मेसिनगनबारे निकै चर्चा चल्यो। केहीले मेशिनगनसँग पूजाको हाउभाउ नमिलेको भन्दै आलोचना गर्दा केहीले बलिउड फिल्म ‘एनिमल’ बाट मेशिनगन सापटी मागेको भन्दै व्यङ्ग्य गरे।
किनकी एनिमलमा रणवीर कपुरले पनि मेसिनगन प्रयोग गरेका छन्। यतिसम्म की केहीले पूजाले बोकेको मेसिनगनलाई काठकै भन्न भ्याए।
काठमाडौंमा आयोजित ‘दान्भी’को टिजर सार्वजनिक कार्यक्रममा पूजालाई ट्रोलसम्बन्धी प्रश्न सोधियो। जुन प्रश्नमा पूजाले जसलाई हेरिन्छ, उसैको ट्रोल बन्ने जवाफ दिएकी छन्।
‘पोस्टर आएपछि धेरै नेगेटिभ कमेन्ट आएका थिए। उहाँहरूले हिन्दी फिल्मको गनहरु देखिरहेको। हामीले पहिलोपल्ट सुरुवात गरेको अलिम अर्कै लागेको होला। कतिपयले त्यो काठको भन्नुभयो,’उनले भनिन्, ‘तर, त्यो गन हामीले भारतबाट प्रतिदिन एक लाख भारु तिर्नेगरि ल्याएका थियौँ। मैले खासै नेगेटिभ कमेन्टलाई वास्ता गरिनँ। जसलाई हेरिन्छ, त्यसैको ट्रोल आउँछ।’
दान्भीमा एक्सन भूमिकामा देखिन निकै मेहनेत गरेकोसमेत उनले सुनाइन्।
Shares
प्रतिक्रिया