ad ad

कला


नेपाली फिल्म ‘जम्प’ र ‘दुई कदम’ ले पाएनन् दर्शकको साथ

नेपाली फिल्म ‘जम्प’ र ‘दुई कदम’ ले पाएनन् दर्शकको साथ

नेपालखबर
पुस १, २०८० आइतबार १४:२४, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘जम्प’ र ‘दुई कदम’ को व्यापार निराशाजनक रहेको छ। कार्तिक २४ गते ‘दिमाग खराब’ पछि स्वदेशी फिल्म रिलिज हुन सकेका थिएनन्।

तर, लामो समयपछि दुई फिल्म रिलिज हुँदासमेत दर्शकहरूलाई हलसम्म तान्न सकेन।

दर्शक नआएसँगै मल्टिप्लेक्स हलहरूबाट आइतबार यी फिल्मले न्यून शो पाएका छन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ लाई न्यून शो दिइएको छ।

दर्शक नआउँदा ‘दुई कदम’ सहित ‘जम्प’ लाई केही हलहरुले उतारिसकेका छन्। त्यसैगरि, सोहीदिन रिलिज भएको भारतीय फिल्म ‘हाई पापा’ पनि खासै अकुपेन्ची देखिँदैन।  

शुक्रबार र शनिबार दर्शकनै नआएपछि दुवै नेपाली फिल्म हटाउन बाध्य भएको सीडीसी सिनेमाजका व्यवस्थापक जीवन शाक्य बताउँछन्।

उनले भने, ‘शुक्रबार र शनिबारको शोमा दर्शक नै आएनन्। जसकारण आजबाट हाम्रो हलबाट दुवै फिल्मनै निकालिसक्यौँ। बरु यी फिल्मभन्दा तेस्रो सातामा हुँदा पनि एनिमलमा ठिकै दर्शक छन्।’

आउँदो बिहीबार र शुक्रबारबाट दुई बहुप्रतिक्षित भारतीय फिल्म ‘सलार’ र ‘डंकी’ रिलिज हुँदैछन्। जसले हलसञ्चालकलाई केही राहत मिल्ने देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .