वेब सिरिज ‘ब्रह्माण्ड’ नेपाली ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा आज रिलिज भएको छ। टोपी स्टुडियोज पोखरा र कान्तिपुर फिल्म एकेडेमी काठमाडौंले निर्माण गरेको यो सिरिज आज प्रसारण सुरु भएको हो।
सिरिजमा कलाकार अर्पण थापाको मुख्य भूमिका छ। ब्रह्माण्ड अर्पणको डेब्यु सिरिज हो। अर्पणसँगै सुनील थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी, सुरज विष्टलगायतको अभिनय छ। सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले पनि यसै सिरिजबाट डेब्यु गर्दै छन्।
मिलोथोली ड्रामा जनरामा बनेको ब्रह्माण्डलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन्। यस सिरिजमा सुरेन्द्र पौडेलको सम्पादन छ। सागरराज आचार्य र प्रकाश पुरीले मिलेर बनाएको यस सिरिजमा रियाज नाटककारको लेखन तथा निर्देशन रहेको छ।
कान्तिपुर सिनेमाजको ओटीटी प्लाटफर्ममा मासिक २९९ रुपैयाँ तिरेर फिल्म हेर्न सकिन्छ। एकपटक सदस्यता शुल्क तिरेपछि दर्शकले उक्त प्लेटफर्ममा भएका सम्पूर्ण सामग्री हेर्न पाउनेछन्।
हाल कान्तिपुर सिनेमाजमा ज्याकी, आइ एम ट्वान्टी वान, जुलेबी, म, चीँ मुसी चीँ, खरानी, मदर, मुखिया, ऋतुलगायत फिल्म र मिस स्कार्लेट, लभ सूत्र, ब्रह्माण्डलगायत सिरिज प्रसारण भइरहेका छन्।
हाललाई कान्तिपुर सिनेमाज प्ले स्टोर, वेब ब्राउजर र स्मार्ट टिभीमा उपलब्ध छ।
Shares
प्रतिक्रिया