ad ad

कला


दरबारको कथामा ‘राजमहल’ बन्ने, पृथक भूमिकामा देखिँदै आँचल शर्मा

दरबारको कथामा ‘राजमहल’ बन्ने, पृथक भूमिकामा देखिँदै आँचल शर्मा

नेपालखबर
पुस ५, २०८० बिहिबार २०:२८, काठमाडौँ

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ बन्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको मुख्य कलाकारसहित निर्माण घोषणा गरिएको हो।

सुरुवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ। सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्ममा  अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन्।

आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाएको छैन।

रमेश उप्रेती र सलोन बस्नेतको पनि मुख्य भूमिका रहने फिल्मबाट मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि डेब्यु गर्दैछन्। चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी लगायतको अभिनय रहनेछ।

करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो सातादेखि अष्ट्रेलिया बाट छायांकन सुरु गरिनेछ। फिल्मको केही सुटिङ न्युजिल्यान्डसहित ७० प्रतिशत छायांकन नेपालमा गरिनेछ। यस फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछ्न्।

ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन्। अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .