ad ad

कला


ऐश्वर्यासँग सम्बन्ध बिग्रेको हल्लाबीच सलमानसँग अँगालो हाल्दै देखिए अभिषेक बच्चन

ऐश्वर्यासँग सम्बन्ध बिग्रेको हल्लाबीच सलमानसँग अँगालो हाल्दै देखिए अभिषेक बच्चन

नेपालखबर
पुस ६, २०८० शुक्रबार १५:२३, काठमाडौँ

पछिल्लो समय बलिउड ‘रियल कपल’ अभिषेक बच्चन र ऐश्वर्या रायको सम्बन्ध बिग्रेको खबर बाहिरिएको छ। सम्बन्धबिच्छेद गर्न लागेकी र ऐश्वर्या माइतमा बस्न थालेको खबर समेत भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

दुवैको सम्बन्धमा दरार आएको हल्लाबीच अभिषेक बलिउड अभिनेता सलमान खानसँग एउटै कार्यक्रममा देखिएका छन्। जहाँ सलमानले अभिषेकलाई अँगालो समेत हालेका छन्।  
हिजो बिहीबार निर्माता आनन्द पण्डितले आफ्नो जन्मदिन मनाएका थिए। यस बर्थडे पार्टीमा सलमान र अभिषेकसहित अमिताभ बच्चन, शाहरुख खान लगायत धेरै सेलिब्रेटीहरु सहभागी भएका थिए।

यस पार्टीसँग सम्बन्धित एउटा भिडिओ सार्वजनिक भएको छ जसमा सलमानले बिग बी र अभिषेकलाई अँगालो हालेको देखिन्छ। यो देखेर सबै अचम्ममा परेका छन्।

भिडिओमा बिग बी र अभिषेक आनन्द पण्डितसँग स्टेजमा उभिएको देख्न सकिन्छ। अर्कोतर्फ सोनु निगमले प्रस्तुति दिइरहेका थिए। त्यसपछि सलमान खान र साजिद नाडियाडवाला उनलाई भेट्न स्टेजमा गए। त्यहाँ सलमानले पहिले आनन्द पण्डितलाई अँगालो हालेका थिए र त्यसपछि बिग बीलाई अँगालो हालेका थिए। त्यसपछि उनले अभिषेकलाई पनि अँगालो हाले। दुवैले केहीबेर कुराकानी पनि गरे।

हुनत सलमानले अँगालो हालेको यो पहिलो पटक भने होइन। करिब १० वर्षअघि आयोजित गिल्ड अवार्डमा पनि यस्तै दृश्य देखिएको थियो। उक्त समारोहमा अभिषेकसँगै सलमानले शाहरुखलाई पनि अँगालो हाले। त्यतिबेला पनि खास थियो किनकी त्यतिबेला सलमान र शाहरुखबीच दरार थियो।

सलमान र ऐश्वर्या फिल्म 'हम दिल दे चुके सनम' को सेटमा नजिक भएका थिए। फिल्ममा उनीहरुको अनस्क्रिन केमेस्ट्रीलाई निकै रुचाइएको थियो। तर, यो सम्बन्ध लामो समय टिक्न सकेन। सन् २००१ मा दुवैले अलग हुने निर्णय गरे। ब्रेकअपको समयमा सलमान र ऐश्वर्याबीच निकै झगडा भएको खबर आएको थियो।

त्यसपछि ऐश्वर्याले सन् २००७ मा अभिषेकसँग प्रेम बिबाह गरिन्। उनीहरुको एक छोरी आराध्या समेत छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .