दुई अज्ञात व्यक्तिले सलमान खानको फार्म हाउसमा जबरजस्ती पस्ने प्रयास गरेका छन्। दुवैलाई प्रहरीको जिम्मा लगाइएको छ। सोधपुछका क्रममा ती दुवै व्यक्तिले आफूलाई सलमान खानका फ्यान बताए।
उनीहरूको साथबाट नक्कली आधार कार्ड बरामद भएको छ। यही कारण उनीहरुविरुद्ध एफआईआर पनि दर्ता भएको छ। सलमान खान लरेन्स ग्याङको निशानामा छन्।
घटना यस्तो छ
सलमान खानको फार्म हाउस नवी मुम्बईको पनवेलमा छ। जनवरी ४ मा अपराह्न ४ बजे दुई अज्ञात व्यक्तिले अभिनेताको फार्म हाउसमा जबरजस्ती पस्ने प्रयास गरेका थिए।
ती दुवै व्यक्ति तार तोडेर भित्र पस्न खोजेको बताइएको छ। फार्म हाउसमा दुईजना शंकास्पद व्यक्ति देखेपछि त्यहाँ उपस्थित सुरक्षा गार्डले तत्काल रोके।
त्यसपछि फार्म हाउसका म्यानेजरलाई पनि बोलाइयो। सोधपुछका क्रममा दुवैले आफूलाई सलमान खानको फ्यान भएको बताएका थिए। तर उनीहरूका् कुरा सुरक्षा गार्डलाई विश्वास लागेन।
फलस्वरूप प्रहरी बोलाइयो। गार्डले दुवै जनालाई प्रहरीको जिम्मा लगाए। प्रहरीका अनुसार घटनाका बेला सलमान खान आफ्नो फार्म हाउसमा थिएनन्।
Shares
प्रतिक्रिया