ad ad

कला


यो वर्ष साउथका १० फिल्ममा २७५० करोडको बाजी, भिड्दै ‘सिंघम अगेन’ र ‘पुष्पा २’

यो वर्ष साउथका १० फिल्ममा २७५० करोडको बाजी, भिड्दै ‘सिंघम अगेन’ र ‘पुष्पा २’

नेपालखबर
पुस २४, २०८० मंगलबार १३:५७, काठमाडौँ

कोरोना महामारीपछि दक्षिण भारतीय फिल्महरुको क्रेज बढ्दो छ। पछिल्लो वर्षयता ठूला साउथ स्टारका फिल्महरूले बक्सअफिसमा कमाइमा रेकर्ड बनाए।

सन् २०२४ मा पनि बक्सअफिसमा साउथ फिल्मको पल्ला भारी हुने देखिएको छ। 

सन् २०२४ मा तीन खान अर्थात शाहरुख, सलमान र आमिरका कुनै फिल्म रिलिज हुनेछैनन्। तर, साउथका ठूला स्टारहरुका फिल्म यसवर्ष हलमा रिलिज हुँदैछन्।

जसमा प्रभासदेखि अल्लुअर्जन, रजनीकान्तदेखि अजीत, कमल हसन, मोहनलाल, जुनियर एनटीआर, राम चरण तेजा, चियान विक्रम, थलापति विजय, महेश बाबुजस्ता ११ सुपरस्टारका नाम समावेश छन्। 

सन् २०२४ मा अल्लु अर्जुनको 'पुष्पा' र कमल हसनको 'इन्डियन' को सिक्वेलदेखि 'कान्तारा' को प्रीक्वेल समेत रिलिज हुँदैछन्। साउथका शीर्ष १० फिल्ममा सन् २०२४ मा २७५० करोड भारुको बाजी बक्स अफिसमा लगाइएको छ। 

प्रभास स्टारर 'कल्कि २८९८ एडी' ६०० करोड भारु बजेटमा बनेको हो।

त्यसैगरि, अल्लु अर्जुनको 'पुष्पा २' ३५० करोड,  'देवरा' ३०० करोड, 'कंगुवा' ३५० करोड, 'गेम चेन्जर' ३०० करोड, 'इण्डियन २' २५० करोड, 'कान्तारा च्याप्टर १' १५० करोड, 'थांगलन' १५० करोड, वेट्टैयान २०० करोड र 'क्याप्टन मिलर' १०० करोड भारुको बजेटमा बनेका फिल्महरु हुन्। 

बजेटको हिसाबले प्रभास अभिनित फिल्म 'कल्कि २८९८ एडी' मंहगो देखिएको छ। यस फिल्ममा प्रभाससहित दीपिका पादुकोण र अमिताभ बच्चन समेत देखिनेछन्। 

यसअघि यो फिल्म २४ जनवरीमा रिलिज हुने भनिएको थियो। पछि रिलिज डेट पोस्टपोन्ड गरिएको थियो। निर्माण टिमले रिलिज डेट नतोके पनि यो फिल्म अप्रिलमा रिलिज गरिने भारतीय मिडियाले उल्लेख गरेका छन्। 

त्यसैगरि, धनुष अभिनित 'क्याप्टन मिलर' भने १२ जनवरीबाट रिलिज हुँदैछ। जुनियर एनटीआरको देवरा भने ५ अप्रिलको डेट तय गरेको छ। पुष्पाको दोस्रो पार्ट पनि १५ अगस्टमा रिलिज हुने पक्का भइसकेको छ। 

पुष्पाको सिक्वेल अब अजय देवगनको मुख्य भूमिका रहेको बलिउड फिल्म 'सिंघम अगेन' सँग भिड्नेछ। रोहित सेट्टी निर्देशित यस फिल्मले पनि यसै मितिमा रिलिज डेट तोकेको छ। 

सन् २०२४ मा ११ साउथ स्टारका फिल्म रिलिज हुने भएपनि बलिउड तीन खानका फिल्म छैनन्। सन् २०२३ मा शाहरुखका तीनवटा फिल्म रिलिज भए।

ती तीनै फिल्म बक्सअफिसमा हिटसमेत भएका थिए। सलमान खानका २ फिल्म रिलिज भए पनि खासै बक्सअफिसमा कमाल गर्न सकेनन्। 

यस वर्ष तीन खानका फिल्म नभए पनि बलिउडमा अक्षयकुमारदेखि अजय देवगन हाबी भएका छन्।

अक्षयकुमारका यसवर्ष चारवटा फिल्म रिलिज हुँदैछन्। जसमा बडे मिया छोटे मियादेखि सिंघम अगेन, स्वाई फर्स र वेलकम २ रिलिज हुने सेड्युल छ। 

त्यसैगरि, अजय देवगनका भने यसवर्ष छ फिल्महरु रिलिज हुँदैछन्। जसमा सिंघम अगेनदेखि रेड २, आजाद, औरो मै कहा दम था, मैदान र सैतान रहेका छन्। 

२५ जनवरीबाट भने ऋतिक रोशन र दीपिका पादुकोण स्टारर बलिउड फिल्म 'फाइटर' रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .