अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी छोरीले फिल्म क्षेत्रमा पाइला राखेकी छन्।
ओबामाकी जेठी छोरी मालिया ओबामाले सर्ट फिल्म 'द हर्ट' मार्फत निर्देशनमा डेब्यु गरेकी हुन्।
मालिया निर्देशित सर्ट फिल्म 'द हर्ट' सनडान्स फिल्म फेस्टिभल २०२४' मा प्रिमियर हुँदै छ।
केही दिनअघि उटामाको पार्क सिटी भएको फेस्टिभलको रेड कार्पेटमा मालिया पनि देखा परिन्।
'द हर्ट' को निर्देशनमा बनेको फिल्मका लेखक पनि उनै हुन्।
रेड कार्पेटमा पुगेकी मालियाले फिल्ममा अनौठो कथा समेटेको बताइन्।
'यो एउटा अनौठो सानो कथा हो, केहि हदसम्म एउटा दन्त्यकथा हो, एक जना मानिसले आफ्नी आमाको मृत्युमा शोक व्यक्त गरेपछि उसले उनको इच्छामा असामान्य अनुरोध छोडेको छ,' उनले भनिन्।
मालियाको ‘द हार्ट’ यस वर्ष सन्डान्सको छोटो फिल्म विधामा मनोनयनमा परेको थियो।
सन् २०१८ मा ओबामाका आमा-बुवाले आफ्नो कम्पनी हायर ग्राउन्ड प्रोडक्सन र नेटफ्लिक्सबीच एक सम्झौता भएको थियो।
यो सहकार्यबाट गत महिना रिलिज थ्रिलर ‘लिभ द वर्ल्ड बिहाइन्ड’ बनेको थियो।
डकुमेन्ट्री ‘वर्किङ: ह्वाट वी डु अल डे’ बाट बाराक ओबामा एमी अवार्डको उत्कृष्ट कथाकारमा मनोनयन भएका थिए।
Shares
प्रतिक्रिया