कमेडि च्याम्पियनको तेस्रो संस्करण फागुन ३ गतेदेखि प्रशारण हुने भएको छ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो। फागुनको ३ गते फिजिकल अडिसन देखाइनेछ।
दुई वटा सिजन शुरु भइसकेपछि तेस्रो सिजन ल्याउन लागेको निर्माण टिमले बताएको छ।
कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आयोजकले बताएको छ। थ्रि प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणलाई उत्कृष्ट बनाउने निर्देशक विशाल भण्डारीले बताए।
शोमा ३३ एपिसोड प्रस्तुत हुनेछ। शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ।
शोमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल छन्।
54
Shares
प्रतिक्रिया