सञ्जय लीला भन्सारीको डेब्यु वेबसिरिज 'हीरामन्डी : द डाइमन्ड बजार'को टिजर सार्वजनिक भएको छ।
नेटफ्लिक्स वेब सिरिजको टिजरमा मुख्य स्टार कास्टको पहिलो झलक देख्न सकिन्छ।
टिजरमा अदिति राव हैदरी, मनीषा कोइराला, सोनाक्षी सिन्हा र ऋचा चड्डा फरक-फरक लुक्समा देखिएका छन्।
सञ्जय लीला भन्सालीले बनाएका चलचित्रजस्तै फस्टलुक टिजर भव्य र सशक्त छ।
नेटफ्लिक्समा हीरामन्डीमा स्वतन्त्रतापूर्व भारतको झलक पनि समावेश छ।
सञ्जय लीला भन्सालीले यस वेब सिरिजमा हीरामन्डी नामक ठाउँमा बस्ने यौनकर्मीहरुको कथालाई समेटेका छन्।
यो वेब सिरिज प्रेम, शक्ति र स्वतन्त्रता बीचको लडाइँसमेत हो।
यस सिरिजमा सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ।
सिरिजका लागि सबै अभिनेत्रीले आफ्नो भूमिकामा आउन सक्ने गरी नृत्य तालिम लिएका छन्।
नेटफ्लिक्समा स्ट्रिमिङ हुने यस वेव सिरिजको रिलिज डेट टुंगो लागेको छैन।
भिडिओ-
Shares
प्रतिक्रिया