ad ad

कला


मंगोलियन हार्टले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने

मंगोलियन हार्टले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने

नेपालखबर
माघ २२, २०८० सोमबार १९:१४, काठमाडौँ

नेपालको पुरानो ब्यान्ड ‘मंगोलियन हार्ट’ ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ। गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो। 

आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगितिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवम् गिटारिस्ट बबी लामाले जानकारी दिए।

‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं। त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ लामाले भने।

नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने गायक राजु लामाको यो ब्यान्डले कार्यक्रममा आफ्ना चर्चित र नयाँ गीतहरु प्रस्तुत गर्ने तयारी छ। 

सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। 

‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘म माया लाउँदिन’, ‘उँभो उँभो खासा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .