दिनेश राउत निर्देशित फिल्म 'पुजार सार्की' को छायाङ्कन सकिएको छ। कास्कीमा रहेको कास्कीकोट आसपासमा ४८ दिनमा फिल्मको सुटिङ सकिएको हो।
मङ्गलवार फिल्ममा समावेश ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कनसँगै सबै युनिट काठमाडौं फर्किन लागेको निर्देशक दिनेश राउतले बताए।
अन्तिम दिन सुटिङ गरिएको गीतमा फिल्मका मुख्य कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले नृत्य प्रस्तुत गरेका छन्।
यस फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ।
विकास सुवेदीले लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।
Shares
प्रतिक्रिया