बलिउड अभिनेता सलमान खानपछि उनका पिता सलीम खानलाई पनि धम्की आउन थालेको छ। बुधबार एक महिलाले हाल जेलमा रहेका गुण्डा लरेन्स बिश्नोईको नाममा धम्की दिएकी हुन्।
यस विषयमा खान परिवारबाट अहिलेसम्म आधिकारिक रूपमा कुनै प्रतिक्रिया आइसकेको छैन। साथै बिश्नोईको नाम लिने महिला को थिइन् भन्ने पनि स्पष्ट भएको छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार सलिम खान मर्निङ वाकमा निस्कँदा एक महिला आएर धम्की दिएकी हुन्। ती महिलाले सलिम खानलाई सहीसँग बस्ने कि लरेन्सलाई भन्नुपर्छ भनेर चेतावनी दिएकी हुन्।
यस सम्बन्धमा बान्द्रा पुलिस स्टेसनमा जाहरी दर्ता गरिएको छ। एकजना पक्राउ पनि परेको बताइएको छ। विशेष कुरा के छ भने गुण्डा लरेन्स बिश्नोईले यसअघि सलमानलाई मार्ने धम्की दिइसकेका छन्।
स्कुटरमा आएकी थिइन् महिला
घटना बुधबार बिहान ८ः४५ बजेको हो। सलमानका बुवा सलिम बान्द्रा वेस्ट नजिकैको ब्यान्डस्ट्यान्डमा बेन्चमा आराम गरिरहेका थिए। एक स्कुटरमा बुर्का लगाएकी महिला र एक पुरुष उउनको नजिकै आएर रोकिए र लरेन्सको नाम लिँदै धम्की दिए। यसबाट डराएर सलिमले स्कुटरको नम्बर पनि पूरा याद गर्न सकेनन्।
Shares
प्रतिक्रिया