ad ad

गण्डकी


पालुङटार नगरपालिका मेयरका स्वकीय सचिवमाथि कार्यलयमै कुटपिट

पालुङटार नगरपालिका मेयरका स्वकीय सचिवमाथि कार्यलयमै कुटपिट

नेपालखबर
माघ ७, २०७९ शनिबार २०:३४, काठमाडौँ

पालुङटार नगरपालिकाका नगर प्रमुख बिवस चिन्तनका स्वाकिय सचिव अशोक मरहट्टा माथी कुटपिट भएको छ। उनलाई नेकपा माओवादी निकट व्यवसायी दुर्गालाल श्रेष्ठले नगरपालिकाको कार्यालय भित्र सामान्य भनाभनपछि कुटपिट गरेका हुन्। 

कुटपिटमा संग्लग्न श्रेष्ठले हातपात गरेपछि घाइते भएका मरहट्टाको आँपपिपल अस्पतालमा उपचार भइरहेको छ।

घाईते मरहट्टाको घाँटी र गालाको भाग सुनिएको छ।

उनलाई हातपात पछि कुटपिट गरिएको सिसिटिभि फुटेजमा समेत प्रस्ट रूपमा देख्न सकिन्छ।

विभिन्न विवादित घटनामा संलग्न श्रेष्ठले यसअघि पनि पार्टीका जिम्मेवार सदस्यहरूलाई धम्की दिने र थर्काउने गरेको नेकपा माओवादी केन्द्र पालुङटार नगरपालिकाका कोषाध्यक्ष विकास भट्टराईले जानकारी दिएका छन्।

नेकपा माओवादी निकट व्यवसायी दुर्गालाल श्रेष्ठ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .