ad ad

गण्डकी


कास्कीमा विद्यार्थी सवार बस दुर्घटना, ३ दर्जन बढी घाइते

कास्कीमा विद्यार्थी सवार बस दुर्घटना, ३ दर्जन बढी घाइते

नेपालखबर
फागुन ७, २०७९ आइतबार १६:२, पोखरा

कास्कीको लेखनाथमा बस दुर्घटना भएको छ। 

पोखरा विश्वविद्यालयबाट बागलुंग बसपार्क जाने क्रममा ग१ख ६७४७ नम्बरको बस डाँडानाक प्रहरी चौकी नजिकै खोल्सामा खसेको हो। 

बसमा अधिकांश विद्यार्थी रहेका थिए। बसमा ४०/४२ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी इन्स्पेक्टर ज्ञान खड्काले जानकारी दिए। 

घाइते सबैलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको खड्काले नेपालखबरसँग बताए। 

उनका अनुसार घाइतेलाई गण्डकी अस्पताल, गण्डकी मेडिकल कलेजमा लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .