राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुईजना पक्राउ परेका छन्।
पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले जानकारी दिए।
शुक्रबार राति १ः३० बजेको समयमा कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो। प्रहरीले घटनाबारे थाहा हुनासाथ अनुसन्धान थालेको थियो। रासस
27
Shares
प्रतिक्रिया