पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ७ अर्ब ७ अर्ब १५करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उपमेयर मञ्जुदेवी गुरुङबाट प्रस्तुत बजेट चालु आर्थिक वर्षको भन्दा करिब २ अर्बले कम हो। चालु आर्थिक वर्षमा महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजारको बजेट ल्याएको थियो।
बजेटको ठूलो हिस्सा अर्थात् २ अर्ब भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरिएको छ।
महानगरका कर्मचारीको तलब भत्तामा ८१ करोड २२ लाख २६ हजार, सामाजिक विकासमा ६ करोड ५० लाख, आर्थिक विकासमा १० करोड, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, पर्यटन र सहरी विकासमा ७० करोड, विभिन्न कोषहरुमा १४ करोड,संघीय सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र सशर्त अनुदान ८० लाखलाई सहरी विकास आयोजनामा लगाइने महानगरको योजना छ।
महानगरले खर्चको स्रोतको रुपमा संघीय सरकारको अनुदान २ अर्ब ७२ करोड ३२ लाख, प्रदेश सरकारको १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजश्व बाँडफाटबाट ३६ करोड ६२ लाख, प्रदेश राजश्व बाँडफाटबाट ८ करोड २५ लाख प्राप्त हुने प्रक्षेपण गरेको छ।
स्थानीय राजश्व बाँडफाटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकारको सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरेको महागनरले अपुग ४५ करोड ६८ लाख चालु आर्थिक वर्षको बजेटबाट बचत हुने प्रक्षेपण गरेको छ।
प्रतिक्रिया