तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो।
सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागका अनुसार नदीको सतह १० दशमलव १७ मिटरभन्दा माथि आएको छ। रासस
39
Shares
प्रतिक्रिया