ad ad

गण्डकी


धनगढीबाट काठमाडौं जाँदै गरेको बस ब्रेक फेल भएर घिउखोलामा पल्टियो, २९ यात्रु घाइते

धनगढीबाट काठमाडौं जाँदै गरेको बस ब्रेक फेल भएर घिउखोलामा पल्टियो, २९ यात्रु घाइते

नेपालखबर
भदौ ५, २०८० मंगलबार ८:१७, त्रिवेणी (नवलपरासी)

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घिउखोलामा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो। 

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घिउखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

घाइते सबैको अवस्था खतरामुक्त रहेको उहाँको भनाइ छ। बसमा ३५ जना यात्रु सवार रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .