नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्।
बुधबार दिउँसो ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोकनजिक डेरामा बस्ने २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।
श्रीमान्सँग सामान्य झैझगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए। उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ।
घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
219
Shares
प्रतिक्रिया