ad ad

गण्डकी


भूकम्पपीडितको लागि पोखरा महानगरले पठायो राहत सामग्रीसहितको टोली

भूकम्पपीडितको लागि पोखरा महानगरले पठायो राहत सामग्रीसहितको टोली

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १९:४२, पोखरा

जाजरकोट भूकम्पका पीडितहरुको उद्धार र राहतको लागि पोखरा महानगरले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ। 

मेयर धनराज आचार्यका अनुसार  वडाअध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको उद्धार  टोली १७ सदस्यीय रहेको छ।

 सो टोलीले लत्ताकपडा, त्रिपाल, ब्लाङ्केट र औषधि एवं उपचारका आवश्यक सामग्रीसमेत लगेको मेयर आचार्यले बताए।

उनका अनुसार पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुखलगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोधभर्ना हुने गरी १३ लाख १५ हजार रुपैयाँ बराबरको राहत सामग्री पठाइएको हो।

महानगरपालिकाको विपद कोषबाट थप सहयोगको प्रबन्ध गरिने पनि उनले घोषणा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .