ad ad

गण्डकी


गण्डकी सरकार उद्घाटन र भाषणमा रमायो : प्रतिपक्षी दल

गण्डकी सरकार उद्घाटन र भाषणमा रमायो : प्रतिपक्षी दल

नेपालखबर
माघ २२, २०८० सोमबार १५:३६, पोखरा

प्रमुख प्रतिक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सरकारले पूँजीगत बजेट खर्च गर्न नसकेकोमा गम्भीर आपत्ति जनाएको छ।

एमालेले  मुख्यमन्त्रीसहित मन्त्रीहरु कार्यालयको काममा भन्दा उद्घाटन र भाषणबाजीमा व्यस्त हुँदा यो अवस्था आएको जिकिर पनि गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म गण्डकी प्रदेश सरकारले १३.३९ प्रतिशतमात्र पूँजीगत बजेट खर्चेको छ।

सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै प्रतिपक्षी दल एमालले पूँजीगत खर्च न्यून हुनु तर अनुगमन, मूल्याङ्कन, अतिरिक्त भत्ता, स्वागत सत्कार, सवारी मर्मत तथा इन्धन लगायतका खर्च भने पर्याप्त भएको तथ्याङ्क देखिनुले सरकार ठोस काममा भन्दा पनि घुमघाममै व्यस्त रहेको पुष्टि भएको जिकिर पनि गरेको छ।  

२४ बुँदै ज्ञापनपत्रमा प्रदेश समन्वय परिषद्को बैठकका निर्णयहरु कार्यान्वयन हुन नसक्दा स्थानीय तहले नै प्रदेशप्रति विश्वास गर्ने वातवरण नबनेको जिकिर पनि गरिएको छ।

एमालेले प्रदेश गौरवका रुपान्तरणकारी आयोजना कार्यान्वयन नगरेको, बजेट विनियोजन नहुँदा ती आयोजना अलपत्र बनेको बताउँदै गण्डकी प्रदेशलाई मित्रराष्ट्र भारत र चीनसँग जोड्ने कोरला–त्रिवेणी सडक आयोजनाको काम अगाडि बढाउन जोडदार माग पनि गरेको छ।

सरकारले प्रदेश सभाबाट पास भएको बजेट तथा वार्षिक विकास कार्यक्रमभन्दा बाहिर गएर गैर बजेटरी योजना प्रस्ताव एवम् कार्यान्वयन गर्न लागेको आरोप पनि एमालेको छ।

सरकार लक्ष्य अनुसारको राजश्व उठाउन असमर्थ रहेको, प्रदेशसभालाई पर्याप्त काम दिन नसकेको र सदनमा उठेका विषयहरुको कार्यान्वनयमा प्रतिवद्ध नभएको पनि आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .