गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही फागुन १६ गते सुरु हुने भएको छ।
गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यो अधिवेशनमा सरकारले प्रदेशको आमसंचार विधेयक,बीउबिजन व्यवस्था गर्न बनेको विधेयकसँगै घरेलु मदिराको उत्पादन तथा गाँजा खेतीसम्बन्धी विधेयक टेबुल गरिने तयारी छ।
यसअघि गएको वैशाख २१ गते सुरु भइ असोजको ११ गते बर्खे अधिवेशन सकिएको थियो।
18
Shares
प्रतिक्रिया