कास्की प्रहरीले कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र चुहाएको आरोपमा दुईजना शिक्षकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा ११, फूलबारीका ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन्।
सोमबार फूलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा परीक्षा चलिरहेकै बेला उनीहरूले प्रश्नपत्रको तस्वीर खिचेर विद्यार्थीहरूलाई पठाएका थिए।
सूचनापछि त्यहाँ पुगेको प्रहरीले उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।
207
Shares
प्रतिक्रिया