कास्की प्रहरीले सामूहिक बलात्कारमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरी कानूनी कार्वाही अगाडि बढाएको छ।
पक्राउ पर्नेहरुले पोखरा १०,अमरसिंहचोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान जाऊँ भन्दै अमरसिंहचोककै खेलकुद मैदानमा रहेको ग १ ख ६५९५ नम्बरको बसमा पुर्याएका थिए।
घटना वैशाख २४ गते रातिको हो। बसमा पुर्याएपछि उनीहरुले ती महिलालाई बियर खुवाएको र सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार प्रहरीले घटनामा संलग्न कास्कीको मादी गाउँपालिका ९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा,मादी १२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई पक्राउ गरेको छ।
उनीहरुलाई २५ गते बिहान ४ बजेतिर वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध सामूहिक बलात्कारको मुद्दाअन्तर्गत कारवाही अगाडि बढाइएको डीएसपी शर्माले बताए।
Shares
प्रतिक्रिया