ad ad

गण्डकी


बडिगाड पहिरो: अझै भेटिएनन् ३ बालबालिका, काठमाडौँमा उपचाररत छन् घाइते ३ महिला

बडिगाड पहिरो: अझै भेटिएनन् ३ बालबालिका, काठमाडौँमा उपचाररत छन् घाइते ३ महिला

घटनास्थल


नेपालखबर
साउन २४, २०८१ बिहिबार ११:४, बलेवा (बागलुङ)

बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ। 

पहिरोमा परी ७ वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता छन्।

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ । 

उक्त पहिरोमा परेका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, ८ वर्षीया अमलबुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि ३ बालबालिकाको अवस्था अझै पत्ता लाग्न नसकेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन्। 

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .