पोखराकी एक २८ वर्षीया महिला भारतमा तस्करी हुनबाट जोगिएकी छन्। उनलाई सशस्त्र सीमा बल (एसएसबी)-को ४१औं बटालियनका जवानहरूले उद्धार गरेका हुन्।
बुधवार भारत-नेपाल सीमा पानीट्याङ्कीमा एसएसबीका जवानहरूले नेपालबाट भारत आइरहेकी एक महिलालाई रोकेर केरकार गर्दा तस्करीको मामिला प्रकाशमा आएको हो। यद्यपि तस्कर भने भाग्न सफल बनेको एसएसबी सूत्रले बताएको छ।
जानकारीका अनुसार ती महिलालाई कुवैतमा नोकरी दिलाइदिने प्रलोभन देखाएर एक तस्करीले दिल्ली लिएर जाने योजनामा थिए। महिलासँग न पासपोर्ट थियो, न त कुनै हवाई टिकट नै।
एसएसबीका अनुसार केरकारअवधि ती महिलाले बताएअनुसार उनलाई पानीट्याङ्की बस बिसौनीसम्म आउन भनिएको थियो, त्यसैले उनी बस बिसौनीतिर गइरहेकी थिइन्।
ती महिलालाई एसएसबीले रोकेर केरकार गरेको थाह पाएपछि तस्कर भाग्न सफल भएको बताइएको छ। एसएसबीले उद्धार गरेको ती महिलालाई नेपाल पुलिसको हातमा सुम्पेको छ। जसअवसरमा टाइनी ह्याण्ड्सका सदस्यहरू पनि अपस्थित थिए।
प्रतिक्रिया